फेरि कालोसूचीमा परे ४ वटा निर्माण कम्पनी
काठमाडौं , मंसिर १० ।सरकारले समयमा काम नगर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राख्दै आएको छ । यसै अनुसार सरकारले फेरि ४ ओटा निमार्ण कम्पनी कालोसुचीमा राखेको छ ।
सरकारले होराइजन विल्डर्स पोखरा, तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढी, श्रीकृष्ण कन्सट्रकसन÷त्याडी निर्माण सेवा जेभी बझाङ र ओम श्री ओम इन्टरप्राइजेज मिनभवन लाई कालोसुचीमा राखेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ती कम्पनीलाई कालोसूचीमा राखेको हो। निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ ।
पोखरा नगरपालिका, स्वास्थ्य निर्देशनालय डोटी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सम्बन्धीत कार्यायलबाट लेखिआएअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको मंसिर ६ को निर्णय अनुसार कालोसूचीमा राखिएको हो।
तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढीलाई २ वर्ष र अन्य तीन कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको हो। समयमा काम नगर्ने कम्पनी समय समयमा कालोसुचीमा पर्ने गरेका छन् । यस्ता कम्पनीलाई सरकारले पछिल्लो समय कारबाही पनि गर्दै जान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्