साताको तेस्रो दिन नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं , मंसिर १० । साताको तेस्रो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट आएको छ । मंगलबार नेप्से शून्य दशमलव ९० अंकले घटेर एक हजार एक सय नौं दशमलव १६ अंकमा पुगेको हो ।

नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ११ अंकले बढेर २४५.४९ अंकमा पुगेको छ । यस दिन बजारमा १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता सेयर २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँमा कारोबार भए ।

नेप्से घटेको दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये तीन सूचक उकालो लागे भने बाँकी रहेका नौं सूचक ओरालो लागे । यस दिन ट्रेडिङ समूह सर्वा्धिक १९.०२ अंकले उकालो लाग्यो भने उतपादनमुलक समूह सर्वा्धिक १६.२९ अंकले ओरालो लाग्यो ।


साताको तेस्रो दिन बजारमा क्रमश, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको कारोबार पाँच करोड ८१ लाख ९७ हजार ५१ रुपैयाँ, सिटिजन्स् बैंकको प्रमोटर सेयरको कारोबार तीन करोड ८२ लाख ४३ हजार ३१६ रुपैयाँ, नेपाल बैंकको कारोबार एक करोड ८२ लाख ७९३ रुपैयाँ, एनएमबी बैंकका सेयर एक करोड ३३ लाख आठ हजार ६१ रुपैयाँ, एनआइसी एशिया बैंकको सेयर एक करोड ७३ हजार ५४३ रुपैयाँ र प्रभु बैंकको सेयर ७५ लाख ५७ हजार ४४७ रुपैयाँमा कारोबार भएको हो ।
यस दिन नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको कारोबार सबैभन्दा धेरै भयो ।

कम्पनीको सेयर पाँच करोड ८१ लाख ९७ हजार ५१ रुपैयाँमा कारोबार भएको हो । नेप्से घटेको दिन बजारमा साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वा्धिक छ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, युनियन हाइडा«ेपावरका लगानीकर्ताले सर्वा्धिक पाँच दशमलव ६६ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्