कृषि मन्त्रालय आफैले रोजेको हुँः मन्त्री भुसाल

काठमाडौं, मंसिर ७ । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषि मन्त्रालय आफैले रोजेको बताएका छन्।

मन्त्री भए पश्चात पहिलो पटक गृह जिल्ला आउने क्रममा बोल्दै मन्त्रि भुसालले धेरैको रोजाइमा कृषि नभए पनि पनि नैतिकरुपमा आफूले पढेको, लेखेको र बोलेको आधारमा आफैले कृषि मन्त्रालय रोजेको बताएका हुन्।

‘विभिन्न ठाँउमा विभिन्न माध्यमबाट मन्त्रालयका विषयमा टिका टिप्पणी आए पनि कृषि क्षेत्र नेपालको प्राथमिक क्षेत्र यसका समस्याहरुलाई सम्बोधन गर्नुपर्छ भनेर मेरो र प्रधानमन्त्रीको रोजाई मिलेकोले मैले प्राधानमन्त्रीकोे प्रस्ताव सहज रुपमा स्वीकार गरेको हुँ’ मन्त्री भुषालले भने, यो मेरो प्राथमिकताको क्षेत्र हो।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरले विमानस्थलमै आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नीति तथा कार्यक्रम आएको ६ महिनापछि मन्त्रालयको जिम्मा पाएकोले भएको नीति कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि प्रयत्न गर्ने उल्लेख गर्दै उनले परम्परागत गुजारामा अल्झिएको श्रमलाई निकाल्नका लागि आफू पहिला केन्द्रित रहने बताए।

प्रतिक्रिया दिनुहोस्