सभापति देउवाले भने – सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोज्यो

काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउन लागेको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा आयोजित नेपाल डेमोक्र्या्टिक लयर्स एसोसियसनको ३० औं साधारणसभामा सभापति देउवाले सरकार अख्तियारलाई शाही आयोग बनाउन उद्दत रहेको भन्दै चर्को आलोचना गरेका हुन् ।

संवैधानिक परिषदलाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै देउवाले भने, ‘अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’ सरकारका गलतका कामविरुद्ध सडक र सदनमा लड्ने पनि देउवाले बताए ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवादमा परिणत भएको आरोप लगाउँदै चुनावका बेला प्रधानमन्त्रीले देखाएको राष्ट्रवादी चरित्र नेपाली जनताले अहिले आएर बल्ल बुझेको पनि उनले बताए ।

नेपाल डेमोक्र्या्टिक लयर्स एसोसियसनको ३० औं साधारणसभामा देउवाले अदालतलाई स्वतन्त्र राखिनुपर्ने भन्दै यो निष्पक्ष रह्यो भने सरकारले गलत गरेपनि सच्याउन सकिने बताए ।

नेपाल बार एशोसिएसनको चुनावमा आफ्नै कारण हारेको भन्दै उनले बारमा जितेको भए न्याय परिषदमा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने थियो भने ।

सभापति देउवाले सरकारले अध्यादेश मार्पmत ल्याउने कुरालाई संसदबाट पारित हुन नदिने पनि बताए । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली अध्यादेश मार्फत तानाशाही बन्न खोजेकोे आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्