भारतसँग सीमा जोडिएको झुलाघाट नाका शुक्रबारदेखि बन्द
काठमाडौं, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएको छ ।
भारतको पिथौरागढ जिल्लामा विधानसभा उपचुनाव हुन लागेकोले नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको हो । विधानसभा सदस्य प्रकाश पन्तको निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो ।
शुक्रबार साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने बताइएकोे छ । चार दिनको अवधिमा आस्कमिक रुपमा खोल्नु परेमा दुवै पक्षको आपसी सहमतिमा सीमा खोल्न सकिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
भारतको पिथौरागढमा जिल्लामा पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनाव हुँदा यसअघि पनि गएको असोज १६ गतेदेखि असोज १८ गतेसम्म तीन दिनका लागि झुलाघाट नाका बन्द गरिएको थियो । यस अघि पनि सो नाका बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्