कांग्रेसका प्रवक्ता शर्माले भने -मन्त्री हेरफेरबाट सरकारको असफलता उजागर भयो

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रीमण्डल हेरफेरले नै नेकपा नेतृत्वको सरकारको असफलता उजागर भएकोे आरोप लगाएका छन् ।

उनले सरकार असफल भएको पुष्टि भएको जिकिर गर्दै भने,‘‘हामीले भन्दै आएको कुरा आज पुष्टि भएको छ । असफल मन्त्री भन्दै प्रधानमन्त्रीले मन्त्री फेरेको विषयले यो सरकार असफलताको थप पुष्टि भएको छ । ’’

नेपाल प्रेस युनियन धरानले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारले पूरा गर्न नसकेका कुरा जिम्मेवार प्रतिपक्षीको हिसाबले कांग्रेसले एकएक हिसाब गरेर बसेको बताए ।

‘‘आजको जिम्मेवार प्रतिपक्ष भोलिको सत्तापक्ष हो, हामी चुपचाप यो करणले छैनौँ कि सडकमा कम्युनिष्ट साथिहरुको जस्तो ढुँगामुडा गरेर प्रतिपक्षीको व्यवहार प्रस्तुत गरेका छैनौँ,’’ उनले भने ।

प्रवक्ता शर्माले सरकारका कमजोरीलाई लिपिबद्ध गरेर भर्खरै सार्वजनिक गरेको भन्दै अहिले हुन गइरहेको उपनिर्वाचन सरकारले कामको मुुल्याँकन गर्ने अवसर भएको बताए । उनले भने, ‘‘हामीले भन्नेपर्दैन सरकारप्रति जनताको स्पष्ट धारणा अब मतमा अभिव्यक्त हुन्छ ।’’

शर्माले कांग्रेसलाई अब धेरै दिन प्रतिपक्षमा नबस् भन्ने सन्देश जनताबाट आउने बताए ।

प्रतिक्रिया दिनुहोस्