केपी ओली नै पाँच वर्षका लागी प्रधानमन्त्री , प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं, मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।

प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।


बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्