कालापानी र लिपुलेक हाम्रो हो कुनै हालतमा छाडिन्न: महामन्त्री कोइराला

काठमाडौं, मंसिर ४ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुमी समेटिएपछि नेपालका नेता तथा कार्यकर्ताले आ आफ्नो टिपण्णी गरिरहेका छन् । विद्यार्थीहरुले त दिनहुँ जसो प्रदर्श संगै आन्दोलनमा पनि होमीएका छन् ।

यसै गरि आज देखि नेपाल भार को सिमा विवदाको सुरक्षा बैठक पोखरामा सुरु भएको छ ।

यता नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएका छन् त्यसमा नेपाली काँगे्रसको पनि समर्थन छ ।

महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै नेपाली काँग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको बताए ।

उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली कांग्रेसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्