कांग्रेसले सार्वजनिक गर्यो सरकारका २१ असफलता : होली वाइनदेखि निर्मला प्रकरणसम्म

काठमाडौं , मंसिर ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपनिर्वाचनको मुखैमा आएर २१ महिना अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा गठन भएको सरकारका २१ असफलताहरु सार्वजनिक गरेको छ ।


मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका २१ वटा असफलता प्रस्तुत गर्नु भएको हो ।

उपचुनाव मतदाताका लागि पनि विशेष अवसर भएको भन्दै यसले सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई सच्चिने अवसर प्रदान गर्ने पनि नेपाली कांग्रेसले जनाएको छ ।

उपचुनाव समग्रमा सरकार, प्रतिपक्ष र अन्य दलसँगै मतदाताका लागि पनि परीक्षा र अवसरको घडी भएको नेवाली कांग्रेसले जनाएको छ । वर्तमान सरकारले २१ महिनामा जनविरोधी काम गरेको भन्दै उपचुनावले सच्चिने मौका दिने कांग्रेसले जनाएको छ ।

साथै उपचुनावमा मतदान गर्नुअघि मतदाताले २१ महिनामा सरकारको २१ असफलतालाई गहिरोसँग केलाउनु जरुरी रहेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राष्ट्रियतादेखि विप्लव समूहलाई वार्तामा ल्याउनेसम्मका कुरामा असफल भएको आरोप लगाएको छ । पछिल्लने सय कालापानीलगायतका नेपाली भूमि भारतीय नक्सामा समेटिएको कुरामा सरकारले कुटनीतिक पहलमार्फत समाधान गर्न नसकेको कांग्रेसले आरोप लगाएको छ ।

त्यस्तै विप्लव समूहको हिंसात्मक गतिविधिको आफू पक्षधर नभएको भन्दै सरकारले द्वन्द्वको मनोविज्ञानलाई विस्तार गरेको कांग्रेसको आरोप छ ।

त्यस्तै एकदिन कम्युनिष्ट पार्टीको सरकार बन्नेछ र बजार मूल्य पुरै नियन्त्रणमा आउनेछ भनेर देखाइएका सपनाहरुलाई अन्ततः बजार भाउले सगरमाथा उक्लिएर खण्डित गरेको पनि कांग्रेसले आरोप लगाएको छ ।


कांग्रेसले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरेर ‘नेपाली कांग्रेसको आह्वान’ नामक पुस्तिकामार्फत सरकारका २१ असफलताहरु सार्वजनिक गरेको हो । बुधबार केपी ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पुग्दैछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा ५० बढी युवामार्फत उपनिर्वाचनको घोषणा पत्रका रुपमा ‘नेपाली कांग्रेसको आह्वान’ नामक पुस्तिका सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् यी हुन् कांग्रेसले औंल्याएका सरकारका असफलताहरु

१) राष्ट्रियताको प्रश्नमा असफलता
२) संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
३) सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमा असफलता
४) संघीयताको बाँकी कार्यभार पूरा गर्न असफलता
५) कूटनीतिक मामिलामा अपरिपक्वता
६) विप्लव प्रकरण : असफलताको फरक पाठ
७) शान्ति सुरक्षा: निर्मला प्रकरणमा हरायो सरकार
८) मूल्य वृद्धि स्: धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
९) वाइडबडी लगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
१०) बूढीगण्डकी : कम्यनिस्ट सरकारको राष्ट्रघात
११) मेलम्ची परियोजनामाथि खेलवाड
१२) निजगढ एयरपोर्टको भविष्य अन्योल
१३) चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
१४) सरकारको नियतले असफल संवैधानिक परिषद्
१५) शब्दमा प्रेस स्वतन्त्रता व्ष्वहारमा नियन्त्रण
१६) धर्मको प्रश्नमा होली वाइन प्रकरण
१७) गुठी विधेयक :जनशक्तिले झुकाएको सत्ता
१८) सामाजिक सुरक्षा कोष स् कर्म कसैको प्रचार कसैको
१९) बालुवाटार जग्गा काण्डमा लिलाम नैतिकता
२०) कम्यनिस्ट सरकार उकालो लाग्दा सेयर बजार ओरालो
२१) असहिष्णु अभिव्यक्ति : अराजनीतिक चरित्र

प्रतिक्रिया दिनुहोस्