काँग्रेसले भन्यो- सीमा बिबादबारे प्रधानमन्त्री मिडिया खपतका लागि मात्रै बोले

काठमाडौँ, मंसिर ३ । भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालको भुमी समेटिएपछि केहि दिन अघि प्रधानमनत्री ओलीले आफ्नो भुमी एक इन्च पनि नछोड्ने बताएका थिए ।


दुई दिनअघि मात्रै उनले नेपाललाई अरुको एक इन्च जमिन नचाहिने र आफ्नो देशको एक इन्च पनि कसैलाई नछाड्ने दाबि हुन् ।


साथै उनले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका थिए तर यता नेपाली काँग्रेसले सरकारले भारतसँगको सीमा बिबाद समाधान गर्न प्रभावकारी पहल नगरेको आरोप लगाएको छ ।


मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले यस्तो आरोप लगाएको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा बिबादबारे ‘मिडिया खपतका लागि मात्रै बोलेको’ आरोप लगाउँदै व्यवहारमा भने समस्या समाधानका लागि कुनै पहल नगरेको काँग्रेसको टिपण्णी छ ।

सम्मेलनमा काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सीमा बिबाद नयाँ समस्या नभएको बताउँदै अहिले थप पेचिलो बनेको बेला समाधानका लागि सरकारलाई काँग्रेस लगायत सबै दलले साथ दिएपनि प्रधानमन्त्रीले मिडिया खपतका लागि मात्रै बोलेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्