सीमा प्रकरण सुल्झाउन कांग्रेसले सरकारलाई दियो यस्ता तीन सुझाव हेर्नुहोस्

काठमाडौं, मंसिर १ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी प्रकरणमा प्रतिक्रिया नभई सरकारको एक्सन खोजेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा अतिक्रमण प्रकरण सुझाउन तीन विकल्प उनले सुझाएका छन्।

ट्विटमार्फत् सार्वजनिक गरिएको शर्माको धारणामा दिल्लीसँग उच्च स्तरीय वार्ता सुरु गर्न आग्रह गरिएको छ।

शर्माको तीन बुँदे सुझावको दोश्रो बुँदामा नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा भारतसामु प्रष्टता देखाउन सुझाइएको छ।

सीमामा रहेको भारतीय सुरक्षा बल फिर्ता गर्नुपर्ने शर्माको भनाई छ।राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्ने उनको सुझाव छ।

यता आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने दाबि गरेका छन् ।


आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबि गरेका हुन् ।सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पाठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको पनि बताए ।


भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको उनले उल्लेख गरे । यसैगरि आज काठडौंको माइतिघरमा भारत विरुद्ध प्रदर्शन भएको छ ।

गो ब्याक इन्डिया, चाइना भन्दै उनीहरुले नारा लगाउँदै प्रदर्शन गरेका थिए । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरे संगै यति बेला भारत विरुद्ध नेपाल सकडमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्