विद्युत चोरी गर्ने ३७ जना पक्राउ


काठमाडौं, मंसिर १ । विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले विद्युत चोरी गर्ने ३७ जनालाई पक्राउ गरेको छ । विद्युत चोरी नियन्त्रण टोलीले बाराबाट विद्युत चोरीमा संलग्न ३७ जनालाई पक्राउ गरेको हो ।


महागढीमाई नगरपालिकाको पत्रहटी, रौवाही, तेलकुँवा, इनर्वा, बरियारपुर, कञ्चनपुर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भविष्यमा बिद्युत चोरी नगर्ने, मिटर लगाउने शर्तमा विद्युत प्राधिकरणले निश्चित जरीवाना लिएर उनीहरुलाई छाडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्