प्रधानमन्त्री ओलीको दाबि -भारतले मिचेको कालापनी क्षेत्रको भुमी फिर्ता गरेरै छोड्छौं

काठमाडौँ, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने दाबि गरेका छन् ।


आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबि गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पाठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको पनि बताए ।

भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको उनले उल्लेख गरे ।

उनले नेपालको नक्सा फेर्नुपर्छ भनेर आएका मतहरुलाई अस्वीकार गरे । ‘कतिपयले नक्सा फेर्नुपर्छ भनेका छन् । तर नक्सा फेरेर केही हुँदैन । मिचिएको भूमि फिर्ता गर्नुपर्छ’, उनको भनाइ छ ।

भारतले पछिल्लो समय नपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले पहिलोपटक यसवारे मुख खोलेका हुन् । यसअघि नेपालमा भारतीय कदमको चर्को विरोध हुँदै आएको थियो ।

‘सरकारका विरुद्ध केही प्रश्न उठेका छन् । यसमा केही सकारात्मक कुरा पनि उठेका छन् । कालापानीमा अहिले भारतले फौज राखेको होइन, सीमा पनि अहिले मिचेको होइन । तर कतिले अहिले नै मिचेको जस्तो गरेर रउचालेका छन् । तर सजगता र प्रतिवद्धता अनि राष्ट्रिय एकता देखियो खुसी र सकारात्मक कुरा हो,’ प्रधानमन्त्रीको भनाइ छ । उनले अहिलेको सरकार नेपाली जनताको र देशभक्त सरकार भएकाले आफ्नो भूमि एक इन्च पनि मिच्न नदिने र अरुको जमिन पनि आफूहरुलाई नचाहिएको बताए ।

‘हाम्रो भूमिमा अरुका सेना राख्न दिँदैनौ’, विश्व शान्तिको पक्षमा आफूहरु रहेको भन्दै उनले संवादको माध्यमबाटै समस्या समाधान गर्ने बताए ।

‘यो सरकार संवाद गन नसक्ने सरकार होइन, संवादमार्फत नै समस्या समाधान गर्छ । नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउँछ । नक्सा प्रेसमा छाप्दा हुने भन्दै महत्त्वपूर्ण विषय आफ्नो भूमि फिर्ता गर्नु महत्त्वपूर्ण भएको बताए ।यसैबीच भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्साको विरोधमा विभिन्न ठाउँमा प्रदर्शा समेत भइरहेका छन् ।

सरकार मौन भइरहेको भनाइप्रति प्रधानमन्त्रीले आज भने मुख खोलेका हुन् । संवादको माध्यमबाटै समस्याको सामधान हुने उनले बताएका छन तर यो कहिले सामधान हुने हो त्यो भने नेपाली जनताले चासो पनि देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्