बामदेवको दाबीः ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौँ

काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने दाबि गरेका छन् । उनले नेपालको विकास र सम्मृद्धिले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने बताएका छन् ।


राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै पार्टीको प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताए ।


जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि बताए । विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने उनको दाबी छ ।


उनले भने, “जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ । आएर हेर, ५ वर्ष सम्म राम्रोसँग काम गर्न पायौं भने ५ वर्षमा भारतलाई हामीले छुन्छौ । १० वर्षमा चीनलाई छुन्छांै । हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौं र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर ।”


उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधैं तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्