शीतलहरका कारण बारामा मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौं । शीतलहरका कारण बारामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिका र प्रसौनीमा एक, एकको मृत्यु भएको छ । विहीबार सिम्रौनगढ–९ बसबरियाका ६५ वर्षिय नन्दलाल यादवको मृत्यु भएको स्थानीय अरविन्द यादवले जानकारी दिनए।

सोमबार बेलुकी सिम्रौनगढ–८ कचोर्वाका ६० वर्षिय अनसिक राय यादब, बारागढी–१ पिपरा बसतपुरका ७० वर्षिय लक्ष्मण मिश्र र आईतबार प्रसौनी गाँउपालिकाका १४ वर्षिय अमरराज कुशवाहाको मृत्यु भएको थियो । अनसिक धार्मिक कार्यक्रमबाट प्रसाद खाएर घर फर्किने क्रममा मृत्यु भएको उनका दाजु बौवालाल यादवले जानकारी दिए । प्रसौनी–२ का कृष्णप्रसाद कुश्वाहका १४ वर्षिय छोरा अमरराज कुश्वाहको क्रिकेट खेलिरहेको अवस्थामा मृत्यु भएको हो ।

आईतबार बेलुकी ५ बजे क्रिकेट खेल्ने क्रममा अचेत भएका कुश्वाहको खेलमैदानमा नै मृत्यु भएको शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बाराले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदावारले भने जाडोबाट मृत्यु भएको आधिकारिक जानकारी नभएको प्रतिकृया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्