काङ्ग्रेसले चुनाव जित्नुपर्छः नेता रिजाल

काठमाडौं, कात्तिक २९ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले उपनिर्वाचनमा कांग्रेसले जिन्तुपर्नेमा जोड दिएका छन् । जनताको विश्वासलाई कायम राख्न भएपनि आफ्नो पार्टीले जसरी भएपनि जित्नु पर्नेमा जोड दिएका हुन् ।


‘‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, काङ्ग्रेस सत्तामा पनि पुग्दैन तर काङ्ग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ ।’ नेता रिजालले भने ।


संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव काङ्ग्रेसले जित्न आवश्यक रहेको उल्लेख गर्दै उनले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन आग्रह पनि गरे ।

यसरी आफ्नो क्षेत्रको उम्मेदवारलाई जितायो भने विकासका कार्य तथा अन्य क्षेत्रमा पनि टेवा पुग्ने उनले बताए ।


कास्की काङ्ग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वडाभित्रका सबै टोलमा काङ्ग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले बताएका छन् ।


दुईतिहाइको सरकारले त जनताको मन जित्न अझै सकेको छैन। जनताले दिएका ति भोटले उनीहरुको इच्छा पुरा गरेको छैन अब के कांग्रेसलाई भोट दिएर जिताउलानत प्रश्न यहाँतिर उठेको छ ।

प्रतिक्रिया दिनुहोस्