सरकारले सामाजिक सुरक्षा योजनाबाट हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको छ : मन्त्री विष्ट

काठमााडौं, कात्तिक २९। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अप्ठ्यारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न सबैलाई आग्रह गरेका छन् ।


शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।


सरकारले सामाजिक सुरक्षा योजना अन्तर्गत हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको उनले बताए । हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामासबैको सहभागिता अनिवार्य रहेको पनि स्पष्ट पारे ।


त्यसअवसरमा उनले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवनमा सुःखको अनुभूति गराउने पनि बताए । चाहे बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने पनि स्मरण गराए ।


मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्