चोरीका चार वटा महँगा गाडीसहित दुई जना पक्राउ
काठमाडौं, कात्तिक २९ । प्रहरीले चोरीका चार वटा महँगा गाडीसहित दुई जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुर नाकाबाट भित्र्याइएका चोरीका चार वटा महँगा गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिका(७ घर भई हाल तारकेश्वर नगरपालिका-५ बस्ने मुकुन्द पुडासैनी र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भई काठमाडौं काभ्रेस्थली(२ बस्ने दीपकबहादुर बुढा रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले जनाएको छ ।
उनीहरूलाई बिहीबार राति राजधानीका विभिन्न स्थानबाट चोरीका गाडीसहित पक्राउ गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले बताए।
फरक मूल्यका स्कार्पियो एउटा ६५ लाख र एउटा पचास लाख रुपैयाँ पर्छ। क्रेटा ५९ लाख र फर्चुनर एक करोड तीस लाख रुपैयाँ नेपाली पर्छ।
प्रतिक्रिया दिनुहोस्