साताको अन्तिम दिन सेयर बजारमा झिनो सुधार

काठमाडौं , कात्तिक २८ । साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा झिनो सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेर एक हजार एक सय ३५.९५ अंकमा पुगेको हो ।


नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट भने ०.११ अंकले घटेर २५०.०६ अंकमा पुगेको छ । आज बजारमा १६३ कम्पनीका ८ लाख ३३ हजार ८८१ कित्ता सेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँमा कारोबार भए ।


यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये आठ समूह उकालो लागे भने बाँकी चार समूह ओरालो लागे । उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वा्धिक २२.४४ अंकले उकालो लाग्यो भने माइक्रो फाइनान्स् समूह सर्वा्धिक ६.७ अंकले ओरालो लाग्यो ।

बिहिबार बजारमा एनएमबि बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर चार करोड २९ लाख ६८ हजार ३७ रुपैयाँका कारोबार भएको हो ।

यस दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वा्धिक ९.९१ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, ग्लोबल आईएमई सम्मुनतका लगानीकर्ताले सर्वा्धिक ५.६६ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्