२ थान पेस्तोल र ५ राउण्ड गोलीसहित चितवनबाट दुईजना पक्राउ

काठमाडौं, कात्तिक २८ । प्रहरीले २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित चितवनबाट दुईजनालाई समातेको छ ।


राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

‘मेड इन युएसए’ लेखिएको अटोमेटिक १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

बा८५प ८०८४ नम्बरको मोटरसाइकलमा आएका सवार उनीहरुले इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्