भिआइपी कक्ष प्रयोग गर्दैमा कसैको स्तर ठूलो हुँदैन : पर्यटन मन्त्री भट्टराई
काठमाडौं, कात्तिक २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गर्दैमा कसैको स्तर ठूलो नहुने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा उनले यस्तो बताएका हुन् ।
‘कसलाई भिआइपी प्रयोग गर्न दिने कसलाई नदिने। एउटा मन्त्री, सांसदसँग कतिजना भिआइपी कक्ष जान सक्छन्। त्यो सबै मापदण्ड हामीले बनाएका छौं,’ मन्त्री भट्टराईले भने।
मापदण्ड रहेपनि आफू सांसद हुँ, मन्त्री हुँ, दलको नेता हुँ भन्दै कर्मचारी र प्रहरीलाई हेप्ने गरिएकोमा उनले आपत्ति जनाए।
साथै उनले सानो चित्त भएर भिआइपी कक्ष प्रयोगमा विवाद आइरहको बताए ।
‘म मन्त्री भएपछि मात्र भिआइपी प्रयोग गरेको छु। आन्तरिकमा प्रयोग गरेँ, तर त्यो भन्दा अगाडि सांसद हुँदा कहिल्यै पनि भिआइपीबाट गइनँ’ उनले भने।
यस्तामा विवाद भइरहने बताउँदै उनले कसैको स्तर ठुलो नहुने भनाइ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्