विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीद्वारा ५२ जना पक्राउ
काठमाडौं, कात्तिक २७ । विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीले विरगन्जबाट ५२ जनालाई पक्राउ गरेको छ । विद्युत चुहावट कार्यमा संलग्न भएको आरोपमा बारा प्रहरीले ५२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बाराको महागढीमाई नगरपालिकाको विभिन्न टोलबाट विद्युत चुहावट कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट खटिएको कर्मचारी र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई महागढीमाई नगरपालिका वडा नम्बर ४, ५, ६, ८ र ११ बाट पक्राउ गरेको हो।
उनीहरु सबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्