लिपुलेक र कालापानी नेपालको नक्सामा नै राखिसकियो : मन्त्री अर्याल

काठमाडौं, कात्तिक २७ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छन् ।

पर्साको विरजञ्जमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले लिपुलेक, कालापानी नेपालकै नक्सामा राखिसकेको बताइन् । भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेक पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै मन्त्री अर्यालले भनिन् “लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ ।

लिपुलेक र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।” आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने समेत उनले बताइन् ।


मन्त्री अर्यालले भनिन्, “अझ केपी शर्मा ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा कुनै खुट्टा कमाउँदैन ”।

पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्