विमानस्थलबाट अवैध दुई किलो चाँदीसहित एक भुटानी नागरिक पक्राउ

काठमाडौं , कात्तिक २६ । विमानस्थलबाट अवैध दुई किलो चाँदीसहित एक भुटानी नागरिक पक्राउ परेका छन् ।


प्रहरीले अवैध दुई किलो चाँदीसहित राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको उडानमार्फत भुटानतर्फ जान लागेका बेला उनलाई मंगलबार विमानस्थल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको चाँदी भेटिएको थियो ।

प्क्राउ परेका उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्