नेकपा अनुशासन आयोगको अध्यक्षमा बोहरा र सचिवमा रोकायलाई जिम्मेवारी
काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सविचालय बैठक सम्पन्न भएको छ । आज विहान बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको छ । त्यस्तै, केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिएको छ ।
नेपालको नयाँ नक्सा सार्वजनिक सरकारलाई निर्देशन
प्रतिक्रिया दिनुहोस्