६० हजार घुस बार्गेनिङ गर्ने नायब सुब्बा पक्राउ

काठमाडौँ , कात्तिक २४ । ६० हजार घुस बार्गेनिङ गर्ने एक नायब सुब्बा पक्राउ परेका छन् ।


जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्कालाई १५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई ६० हजार घुस मागेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो ।


अख्तियारका अनुसार ६० हजारबाट बार्गे्निङ सुरु गरेका उनले पछि १५ हजारमा सहमति गरेको भेटिएको छ ।

विशेष सूचनाका आधारमा मुसिकोट नगरपालिका वडा नं १ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्