भारतले बखेडा झिकेर नेपालसँग निहुँ खोज्नुको कुनै तुक छैनः मन्त्री भट्टराई
काठमाडौँ , कात्तिक २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सीमाबारे भारतले बखेडा झिकेर छिमेकी नेपालसँग निहुँ खोज्नुको कुनै तुक नरहेको बताएका छन् ।
भारतले बखेडा झिकेर नेपालसँग निहुँ खोज्नु भनेकै आफै लज्जित हुुनु हो उनले भने । यसको समाधानका लागि वार्ता र छलफल गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
लिम्पीयाधुराबाट उत्पत्ती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाईबाट प्रस्ट हुने उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्