भारतीय दूतावास अगाडि प्रदर्शन , लिपुलेक हाम्रो हो भन्दै पुग्यो अनेरास्ववियू

काठमाडौँ , कात्तिक २२ । भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालभित्र ठूलो तरङ्ग पैदा गरेको छ । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् ।


यतिबेला काठमाडौँस्थित भारतीय राजदूतावास क्षेत्र आन्दोलनको केन्द्रविन्दु बनेको छ । विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरु एकपछि अर्को गर्दै दूतावासअगाडि पुगेर प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार बिहान मात्र संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्वमा दूतावास आगडि भारतको नयाँ नक्सा जलाइएको थियो ।

उनीहरु पछि सत्तारुढ नेकपा निकट अनेरास्ववियूका विद्यार्थीहरु पुगेर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

लैनचौरस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन हुन थालेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्