इटहरीमा मोटरसाइकल दुर्घटनाहुदा एक जनाको मृत्यु

काठमाडौं । इटहरीमा मोटरसाइकल दुर्घटनाएक युवकको मृत्यु भएको छ ।
को१०प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ का अरुण राईको दुर्घटनामा परी मृत्यु भएको हो ।
राति करिब ११ः३० बजेतिर प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा उनलाई घाइते अवस्थामा फेला पारेको थियो ।
बिजुलीको पोलमा राईको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटेपछि उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रहरीले जनाएको छ । राईको सोही प्रतिष्ठानमा उपचार हुँदा हूँदै मृत्यु भएको हो ।
यता मोरङको बुढीगंगा गाउँपालिका २ बौराहामा साँझ ८ बजे मोटरसाइकलले ठक्कर दिंदा स्थानीय सोनादेवी माझी घाइते भएकी छिन् । माझीलाई दक्षिणबाट उतरतर्फ जांदै गरेको को१७प २३१८ नम्बरको मोटरसाइकलले साँझ ८ बजेतिर ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएकी उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको छ । मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्