दुई वर्षमा कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पुग्छ, ढुक्क हुनुहोस् : मन्त्री पुन
काठमाडौं, कात्तिक २१ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्ष भित्रमा कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् र्पुयाउन सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको बताएका छन् ।
पाल पत्रकार महासंंघ सल्यानले बिहीबार बिहान बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृद्धिको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताए ।
मन्त्री पुनले अहिले कर्णालीका सबै बस्तीमा विद्युत् र्पुयाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको पनि जानकारी दिए ।
‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन् । सरकारले विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुनुपर्दैन,’ मन्त्री पुनले भने ।
कर्णाली प्रदेशका केहि वस्तमिा अझै बिजुली पुग्न सकेको छैन । केहि वस्ती अझै अन्धकारमय नै बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्