महराले पार्टीलाई सही सुचना नदिएर गम्भीर गल्ती गरे : प्रचण्ड
काठमाडौं? कात्तिक २० । नेकपाका अध्यक्ष प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नो तिर पारेको विषयमा सरकारले कुटनीतिक पहल सुरु गरिसकेको समेत बताएका छन् ।
उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई यो विषयमा प्रष्ट कुरा राखेको समेत स्मरण गरे ।
साथै उनले निवर्तमान सभामुख कृष्णबहादुर महराले पार्टीलाई सही सुचना नदिएर गल्ती गरेको बताएका छन् । प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले महाराले नैतिक गल्ती गरेको दावी गरे ।
उनले अदालतले फैसला प्रक्रिया थालिसकेको विषयमा पार्टीको लिडरसीपले त्यसलाई राजनीतिकरण गर्नु उचित नभएको र अदालतलाई सघाउन महरालाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्