जबसम्म हामी आफैं उत्पादन गर्दैनौं तबसम्म व्यापार घाटा कायमै रहन्छः मन्त्री यादव
काठमाडौं, कात्तिक २० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले आफ्नै पूँजी र सिपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तबसम्म मुलुकमा व्यापार घाटा कायमै रहने बताए ।
कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुकभित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
मन्त्री यादवले देशभित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको पनि स्पष्ट पारे। उनले सबैभन्दा महंगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भईरहने तर्क पनि गरे।
नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई छ। नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने ‘सहकार्य गर्न्तिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ।’ उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिन्छ तर बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पनि पटकपटक दोहो¥याए।
प्रतिक्रिया दिनुहोस्