आज पनि सकिएन महराको थुनछेक बहस , फेरि प्रहरी हिरासतमै बस्नुपर्ने

काठमाडौं , कात्तिक १७ । यौन दुर्व्यवहार आरोपको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आइतवार समेत प्रहरी थुनामै बस्नुपर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस नसकिएकाले अदालतले महरालाई आइतवार समेत प्रहरी हिरासतमै पठाएको छ ।

शुक्रवारदेखि शुरू भएको मुद्दाको कारवाही प्रक्रियामा अभियुक्तको बयानपछि आइतवार वकिलको बहसको भएको छ ।

आइतवार सरकारी वकिल कार्यालयको बहस सकिएर महराको तर्फबाट अधिवक्ता भेषराज आचार्य र लभप्रसाद मैनालीले मात्रै बहस गर्न पाएका छन् ।

बहसकै गर्दागर्दै कार्यालय समय सकिएपछि थप बहस सोमवार गर्ने गरी इजलास स्थगित भएको छ । सोमवार पुनः बहस भएपछि अदालतले आदेश सुनाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्