फेरि बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, कात्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

आज बिहान पहिलो मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टा चलेको थियो ।

त्यसको केही घन्टापछि प्रधानमन्त्री ओलीले साँझ पाँच बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

‘यो बिहानकै बैठकको निरन्तरता जस्तै हो। भोलि बोलाउने कि भन्ने थियो फेरि आजै साँझका लागि डाकिएको छ,’ अर्यालले भने,‘एजेन्डाहरू आजै निर्णय नगरी नहुने छन्।’

यसअघि बिहान बसेको मन्त्रिपरिषद बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्