सिमेन्ट कारखानामा काम गर्ने एक जना मजदूरको मृत्यु

काठमाडौं, कात्तिक १७ । दाङमा सिमेन्ट कारखानामा काम गर्ने एक जना मजदुरको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने मजदुरको ज्यान गएको हो ।


भारत उत्तर प्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेलको सिमेन्ट कारखानाको निर्माण हुँदै गरेको भवनमा फर्मा राख्ने क्रममा खसेर सख्त घाइते भएका थिए ।

उपचारका क्रममा आइतवार ज्यान गएको दाङ जिल्ला प्रहरीले कार्याललयका प्रवक्ता विनोदविक्रम शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्