टुङ्गियो युवा सङ्गठनको एकता, कुन जिल्लामा कसको नेतृत्व ?


काठमाडौं, कात्तिक १७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण प्रकृया टुंग्याएको छ ।

युवा संघको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले ७७ वटै जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो ।

(नेकपा) एकीकरणको १७ महिनापछि युवा सङ्गठन (राष्ट्रिय युवा सङ्गठन नेपाल) को एकता टुङ्गिएको हो । शनिबार बसेको सङ्गठनको कार्यालय बैठकले एकता प्रक्रियालाई टुङ्गोमा पुर्याएको हो ।

शनिबारको बैठकले जिल्लाहरूको पनि एकीकरण टुङ्गो लगाएको छ । प्रदेश एकमा साविक युवा सङ्घले ८ वटा जिल्ला पाएको छ भने साविक वाईसीएलले ६ वटा जिल्लाको नेतृत्व पाएको छ ।

प्रदेश १ मा मोरङ, झापा, इलाम, खोटाङ, धनकुटा, तेह्रथुम, भोजपुर र ओखलढुङ्गा साविक युवा सङ्घले पाएको छ । सुनसरी, उदयपुर, पाँचथर, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ वाईसीएलको भागमा परेको छ ।

प्रदेश २ मा ४–४ वटा जिल्ला भाग लगाएका छन् । पर्सा, सिरहा, रौतहट, बारा साविक युवा सङ्घ र महोत्तरी, धनुषा, सर्लाही, सप्तरी वाईसीएलको भागमा परेको छ ।

प्रदेश ३ मा ललितपुर, मकवानपुर, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर, नुवाकोट ७ जिल्ला साविक युवा सङ्घ र काठमाडौं, चितवन, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र रसुवा ६ जिल्ला वाईसीएलको भागमा परेको छ ।

गण्डकी प्रदेशमा नवलपुर, बाग्लुङ, लमजुङ, म्याग्दी, मुस्ताङ, पर्वत गरी छ जिल्ला साविक युवा सङ्घ र कास्की, गोरखा, स्याङ्जा, तनहुँ, मनाङ पाँच वटा साविक वाईसीएलले पाएको छ ।

पाँच नम्बर प्रदेशमा रुपन्देही, बाँके, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, दाङ ७ जिल्ला युवा सङ्घले र कपिलवस्तु, प्युठान, बर्दिया, रुकुम पूर्वी र पाल्पा साविक वाईसीएलले पाएको छ ।

कर्णाली प्रदेशमा दैलेख, जाजरकोट, जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा गरी पाँच जिल्ला युवा सङ्घ र सुर्खेत, सल्यान, कालिकोट, रुकुम पश्चिम, मुगु पाँच जिल्ला साविक वाईसीएलले पाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कैलाली, बाजुरा, अछाम, बझाङ, वैतडी, कञ्चनपुर, डोटी, दार्चुला, डडेलधुरा साविक वाईसीएलको भागमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्