अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउछ : रक्षामन्त्री पोखरेल

काठमाडौँ , कात्तिक १६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन्

धुम्बाराहीमा धन्वन्तरी पार्कको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता गर्दै ती जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने उनको भनाई रहेको थियो ।


सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता पनि जुट्नुपर्नेमा उनले जोड दिए । ‘अतिक्रमण गरिएका जग्गा स्थानीय तह र जनता मिलेर खोज्नुपर्दछ’, उनले भने, ‘जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।’

यसैगरी प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको सुरुवात भएको बताए ।

उनले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गरे । संघीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उनले अहिले विकासका कामले गति लिएको बताए ।

उद्घाटन गरिएको पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको झण्डै १२ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्