निजगढ विमानथल निर्माणमा स्थानीयको सहयोग आवश्यक छः नेता नेपाल

काठमाडौं, कात्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको औंल्याएका छन् ।


बारा पुग्नु भएका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको औंल्याएका हुन् ।

वातावरणको नाममा यो ठाउँबाट विमानस्थल अन्यन्त्र लैजाने षड्यन्त्र भएको भन्दै नेता नेपालले पैसा तथा वातावरणको बाहनामा निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल अन्यन्त्र लान नसकिने बताए ।


उनले कागजमा निजगढको नाम राखेर निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी वा पोखरा जाने डर आफूलाई पनि रहेको बताए ।

निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई गतिदिन नेपाल सरकारले केही दिन पहिले निजगढ र सिराहामा भेला राखेको पनि उनले बताए । बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाले एकै स्वरमा निजगढमा विमानस्थल बनाउनका लागि उचित रहेको बताएका नेता नेपालको भनाइ छ ।

सर्लाहीवासीले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सर्लाही लाने प्रयास गरिसकेका भए पनि अनन्त निजगढमा नै बन्नेमा सहमति भएको पनि नेता नेपालले बताए । नेता नेपालले निजगढ विमानस्थलको विकल्प नभएको पनि बताए ।

उनले मलेशिया, बैंकक, टर्की, कोरिया, जापान जहाँ गए पनि एयरपोर्ट शहरभन्दा एक घण्टा टाढा हुने गरेको उल्लेख गर्दै काठमाडौँसँगको दूरी अझै घटाउन दूर्तमार्ग पुल र सुरुङमार्गको धेरै प्रयोग गरिने बताए । नेता नेपालले वन मन्त्रालयमा पाँच वर्षदेखि रुख कटानको फाइल अड्केको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्