सुनचाँदीको भाउ बढ्यो, पुग्यो मुल्य प्रतितोला सात सय

काठमाण्डौ , कात्तिक १५ । सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार भने तोलामा ७ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय दशैं तथा तिहारमा भने सुनको कारोबारमा बृद्धि भएको थियो । चाड पर्वले गर्दा पनि सुनको ब्यापार बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्