लागूऔषधसहित ५ जना धादिङ र सर्लाहीबाट पक्राउ
काठमाडौं , कात्तिक १५ । प्रहरीले धादिङ र सर्लाहीबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित कास्की उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१४ बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रोल्पा झेलबाङ गाउँपालिका-३ बस्ने २६ वर्षीया संगिता परियार रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी मलेखु र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ग.१० प ४४९४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा चालक कृष्ण र स्कुटरमा सवार संगिताको साथबाट करिब ५ केजी गाँजा बरामद भएको भएको हो ।
यस्तै सर्लाहीको मलंगवा नगरपालिका-८ स्थित सडकबाट अवैद्ध लागूऔषधसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने १९ वर्षीय होमराज दाहाल, लालबन्दी नगरपालिका-११ बस्ने २३ वर्षीय सुरज स्याङतान र ३९ वर्षीय सार्की बल रहेका छन् ।
प्रहरी चौकी गोरखकालीको प्रहरीले भारतको सोनवर्षा बजारबाट मलंगवातर्फ आउँदै गरेको टेम्पोमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट नाइट्रोभेट ५ सय ७० एम्पुल र स्पास्मो १० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै को बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्