साताको अन्तिम दिन सेयर बजारमा तीन अंकको गिरावट

काठमाडौं, कात्तिक १४ । साताको अन्तिम दिन सेयर बजारमा तीन अंकको गिरावट आएको छ । सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तीन अंकको गिरावट आएको हो । आज नेप्से ३.१७ अंकले घटेर १ हजा १ सय ४६.१७ अंकमा पुगेको छ ।


सेन्सिटिभ इन्डेक्स भने ०.०३ अंकले बढेर २५२.०८ अंकमा पुगेको छ । आज बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसुचकमध्ये सात समूह ओरालो लागे भने बाँकी चार समूह उकालो लागे । यस दिन उत्पादनमूलक समूह सर्वा्धिक १३.९६ अंकले उकालो लाग्यो भने निर्जीवन बिमा समूह सर्वा्धिक ३९.९८ अंकले ओरालो लाग्यो ।

यस दिन बजारमा १५५ कम्पनीका १० लाख ६० हजार १९६ कित्ता २५ करोड ४३ लाख १२ हजार ४६२ रुपैयाँमा कारोबार भएको हो । नेप्से घटेको दिन बजारमा प्राईम कमर्सियल बैंकको प्रमोटर सेयरको कारोबार सबैभन्दा धेरै भयो ।

कम्पनीको सेयर ६ करोड ३ लाखमा कारोबार भएको हो । यस दिन ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले सर्वा्धिक ७.७५ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, नविल इक्वटी फण्डका लगानीकर्ताले सर्वा्धिक ९.९३ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्