नेता कोइराला भन्छन् – अब कोइराला परिवारबाटै सभापति बन्न सक्छ
काठमाडौं, कात्तिक १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै पार्टी सभापति बन्न सक्ने बताएका छन् ।
उनले आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे ।
कोइरालाले लोकतन्त्र खतरामा परेकोले रक्षाका लागि कोइराला परिवार चुप लागेर बस्न नसक्ने बताए ।
बिहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले भन यस्तो बताएका हुन् ।
, ‘हामी ३ कोइरालाबीच भाइटीकाको दिन पनि केही छलफल भयो, फेरि पनि हुन्छ । हामी ३ जनाबीच छलफल भइरहेको छ, हानथाप गर्दैनौं ’ उनले भने ।
उनले पार्टीमा नयाँ नेतृत्व आउनु भन्दै उनले शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता अनुभवी र पार्टीमा योगदान र्पुयाएका नेताहरुले आफ्नो अनुभव बाँढेर पार्टीमा नयाँ नेतृत्व दिनु पर्ने बताए । तर, सधैं कोइरालाले नै नेतृत्व लिनु पर्छ भन्ने नरहेको उनको भनाइ थियाmे
कार्यकर्तातर्फ इंकित गर्दै डा. कोइरालाल दोहोरो भूमिका नखेल्न सुझाव दिदै ‘तपाईंहरु शंशाककोमा गएर शशांकलाई सभापति हुनपर्छ, सुजताकोमा गएर तपाईं हुनुपर्छ र म कहाँ आएर म सभापति हुनु पर्छ भनेर दोहोरो भूमिका नखेलिदिनु होला भन्दै उनले आग्रह समेत गरे
प्रतिक्रिया दिनुहोस्