२ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा मरे ४ गैंडा

काठमाडौं, कात्तिक १४ । २ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ४ गैंडा मरेका छन् ।
निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरले बताए ।

भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चारवटा गैंडा मरेका हुन । घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो ।

बुढो भएर हिँडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको उनले जानकारी दिए ।

यसअघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्वर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो ।

त्यस अघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो । ती सवै गैंडा कालगतीले मरेका हुन् ।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतीका कारण ४१ वटा गैंडा मरेका थिए ।

प्रतिक्रिया दिनुहोस्