म आफैंले आन्दोलन गर्ने अवस्था नआओस् : प्रचण्ड

काठमाडौं ,कात्तिक १३। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


‘जनकपुर(पिपरा(जलेश्वर(भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन केन्द्रित मन्तव्य राखेका प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’

प्रधानमन्त्री आफैले समृद्धिको नेतृत्व गरेकाले उक्त सडक निर्माण कार्य युद्धस्तरमा हुनेमा आफू विश्वस्त रहेको पनि प्रचण्डले कार्यक्रममा बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा ठाडो आदेश दिएर एक अर्ब रुपैयाँ विनीयोजन गर्न लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्