पिङको विषयमा विवाद : खुकुरी हानाहान हुँदा ६ जना घाइते

काठमाडौं, कात्तिक १३। रामेछापमा पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान भएको छ । खुकुरी हानाहानबाट ६ जना घाइते समेत भएका छन् ।


घाइते हुनेहरुमा स्थानीय शुसिल तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् । घाइते ६ जनाकै जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

गोकुलगंगा गाउँपालिका वडा नं–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबीच पिङको विषयमा भएको झगडाले उग्र रुप लिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको हो ।

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोको विषयलाई लिएर राति पनि विवाद बढेपछि युवाहरुबीच खुकुरी हानाहान भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्