सुनसरीबाट कौडासहित २३ जना पक्राउ
काठमाडौं, कात्तिक ११ ।प्रहरीले सुनसरीबाट कौडासहित २३ जना पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङगेबाट प्रहरीले गएराती कौडा सहित २३ जनालाई पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा बाङगेस्थित स्थानीय गीता दाहालको घरमा जुवा खेलिरहेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार बस्ने पूर्ण थापासहित २३ जनालाई पक्राउ गरेको हो ।
उक्त स्थानबाट प्रहरीले कौडासहित नगद १ लाख ५६ हजार २ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्