देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहनेछः प्रधानमन्त्री ओली

काठमाडौं , कात्तिक १० । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आइतबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।


यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उनका अजरअमर कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएसंगै उनले यस्तो ट्विट गरेका हुन् ।

ओली यही कात्तिक ८ र ९ गते आयोजना भएको असंलग्न आन्दोलन नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुने क्रमम अजरबैजानको राजधानी बाकुमा रहेका थिए ।


प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान दश बजेर दश मिनेट जाँदा काठमाण्डौ आइपुगेको हो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए ।

त्यस अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्