तत्काल मन्त्रिमण्डल हेरफेर हुने सम्भावना छैनः मन्त्री महासेठ

काठमाडौँ , कात्तिक ९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

उनले सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको पनि दाबी गरे ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुने साथीहरुले हल्ला गरेको बताए ।

नेपालभित्र सबै यो सरकारको समर्थनमा पनि छैनन् नि । उनीहरुको उद्देश्य सरकार छिटो ढलोस भन्ने होला । तर, त्यो सम्भावना छैन । आजको भोलि नै मन्त्रिमण्डल परिवर्तन हुने सम्भावना मैले चाहीँ देखेको छैन ।’ उनले भने ।

मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने समेत दाबी गरेका छन् । त्यस्तै, उनले आफ्नो मन्त्रालयमा व्यापक सरुवा भयो र आर्थिक चलेखले भयो भन्ने आरोप लागेको बारेमा पनि खण्डन गरे । केहि दिन यता मन्त्रिमण्डल हेरफेर हुने हल्ला चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्