विप्लव समूहका सल्यान जिल्ला कमिटी सदस्य डाँगी पक्राउ

काठमाडौं, कात्तिक ९ । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई पक्राउ गरेको छ ।

प्रहरीले बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई शनिबार बिहान गिरफ्तार गरेको हो ।

घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उनको परिवारले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको सल्यान प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।


डाँगीलाई बम विस्फोट, हातहतियार र आगजनीको मुद्धामा गिरफ्तार गरिएको र अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ । । २०७५ फागुनमा सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि सल्यानमा नेकपाका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारीमा परेका ती सबै अदालतको आदेश र प्रशासनको धरौटीमा रिहा भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्