प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ जना पक्राउ

काठमाडौं , कात्तिक ८ । प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ जना परेका छन् । उनीहरुलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा पाँचथर घर भई ललितपुर धापाखेल बस्ने निकुम्ज सेवा, काभ्रे घर भई ललितपुर महानगरपालिका २८ बस्ने जीतबहादुर खपांगी, भक्तपुर ब्यासी घर भई धापाखेल बस्ने विजेशप्रसाद ढकाल र भोजपुर घर भई काठमाडौं काँडाघारी बस्ने पेम्बा जम्बु शेर्पा रहेका छन् ।

प्रधानमन्त्री ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई ललितपुरको लुभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

उनीहरुको घोषित कार्यक्रम प्रधानमन्त्रीको पुत्ला जलाउने रहको ललितपुरका डीएसपी सन्तोष तामाङले बताए ।

प्रहरीले उनीहरुमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएको छ ।

प्रतिक्रिया दिनुहोस्